चीनद्वारा ताइवान गएकी पेलोसीमाथि प्रतिबन्ध घोषणा
वि.सं.२०७९ साउन २० शुक्रवार १५:३३
shares

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीविरूद्ध प्रतिबन्ध घोषणा गरेको छ ।
आफ्नो निरन्तरको चेतावनीका बाबजुद ताइवान भ्रमण गरेको भन्दै चीनले शुक्रबार पेलोसी र उनका परिवारलाई चीन भ्रमणमा प्रतिबन्ध लगाएको ग्लोबल टाइम्सले जनाएको छ ।
ताइवान भ्रमण सकेर पेलोसी दक्षिण कोरियाँ हुँदै जापान पुगेकी छन् । त्यहाँ उनले ताइवानको वर्तमान स्थिति परिवर्तन गर्ने उद्देश्यले आफूले भ्रमण नगरेको बताइन् ।
‘ताइवानको वर्तमान स्थिति परिवर्तन गर्ने उद्देश्यले मेरो भ्रमण भएको होइन । अमेरिका र ताइवानबीचको सौहार्द मित्रताप्रति चीन खुसी छैन,’ उनले भनेकी छन् ।
पेलोसीको भ्रमणलगत्तै चीनले ताइवान केन्द्रित सैन्य अभ्यास जारी राखेको छ ।
चीनले पेलोसीको प्रतिनिधि मण्डलमा सहभागी भएका अन्य सांसद्हरुलाई पनि प्रतिबन्ध लगाउने बताएको छ ।

























