काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चितवन–मुग्लिङ सडक खण्डको केराबारीमा फेरि पहिरो, सडक अवरुद्ध

11.42K
shares

चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ केराबारीमा ठुलो पहिरो गए पछि राति २ बजेदेखि सडक अवरुद्ध भएको हो ।

चितवन प्रहरीका अनुसार राति गएको सो पहिरो पन्छाएर खडक खुलाउने प्रयास भइरहेको छ। गत सोमबार राति केराबारीमा नै गएको ठुलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको हो ।

बुधबार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो । तर, गएराति फेरि पहिरो गएको हो । पहिरो गएका कारण लामो यात्रामा रहेका यात्रुहरु पुनः समस्यामा परेका छन् ।