गृहपृष्ठ १२ किलो लागुऔषधसहित बागथलाबाट एक जना पक्राउ
१२ किलो लागुऔषधसहित बागथलाबाट एक जना पक्राउ
जिल्लास्थित बित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्र बहादुर खडायत छन् ।
अस्थायी प्रहरीचौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको थियो ।
बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ख १११९ नं को बसमा सवार उनलाई सो अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरीले जाँच गर्दा लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।
प्रकाशित समय : १६:४१ बजे

















