गृहपृष्ठ थप ७६० जनामा कोरोना पुष्टि

थप ७६० जनामा कोरोना पुष्टि

थप ७६० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९ सय २६ नमुना परीक्षण गरिएकामध्ये २ हजार ५ सय ८९ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ४ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ३ हजार ३ सय ३७ जनामा गरिएको एन्टिजेन परीक्षणमा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीबार थप ३ सय २४ जना कोरोनामुक्त भएका छन् । हालसम्म ९ लाख ७१ हजार २ सय ५० जनाले कोरोनालाई जितेका छन् । निको हुने दर ९८.२ प्रतिशत छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६ सय २ जना पुगेको छ । संक्रमितमध्ये ५ हजार ४ सय ४० जना होम आइसोलेसनमा र १ सय ६२ जना संस्थागत आइसोलेसनमा र ४४ जना आइसीयूमा उपचाररत छन् ।

प्रकाशित समय : १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु