गृहपृष्ठ अख्तियारको नियन्त्रणमा रहेको उपसचिवको गाडीबाट थप १६ लाख ५० हजार बरामद

अख्तियारको नियन्त्रणमा रहेको उपसचिवको गाडीबाट थप १६ लाख ५० हजार बरामद

अख्तियारको नियन्त्रणमा रहेको उपसचिवको गाडीबाट थप १६ लाख ५० हजार बरामद

सेवाग्राहीबाट घुसवापत लिएको ६ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । उनले प्रयोग गर्ने बा१ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ ।

उक्त रकम पनि उपसचिवले घुसवापत लिएको हुनसक्ने र यससम्बन्धी अनुसन्धान अघि बढेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाए ।

एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालन अनुमतिका लागि मन्त्रालयमा निवेदन दिएका थिए । तर, निवेदनलाई अड्काएर नेपालले रकम मोलमोलाई गरेका थिए । त्यसपछि अख्तियारको टोलीले समेत निगरानी गरेको थियो । त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा पक्राउ परेका हुन् । त्यसकै छानबिन गर्ने क्रममा गाडी खानतलासी गर्दा थप रकम बरामद भएको हो ।

प्रकाशित समय : २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु