गृहपृष्ठ निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ : संविधानविद् आचार्य

निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ : संविधानविद् आचार्य

निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ : संविधानविद् आचार्य

संविधानविद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद् स्वतः भंग हुने बताएका छन् । आचार्यले आज सामाजिक सञ्जाल ट्विटरमार्फत् निर्वाचनको मिति घोषणा गरेपछि संसद् विघटन गरिराख्नु नपर्ने समेत जनाएका छन् ।

‘प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हो । कार्यकाल सकिनुअघि अर्थात् मंसिर १० गतेभित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानविद् आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्दैन ।’

संसद नै नरहेपछि सांसद् समेत नरहने उनले बताएका छन् । ‘स्थापित मान्यताको कदर गरौँ, अति नगरौँ,’ उनले लेखेका छन् ।

प्रकाशित समय : २०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु