गृहपृष्ठ ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा रहेको प्रहरीले जनाएको छ ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भइ फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको बंगलामुखीबाट सोमबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

 

प्रकाशित समय : २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु