गृहपृष्ठ लिभरपुललाई ‘कम्युनिटी सिल्ड’को उपाधि
लिभरपुललाई ‘कम्युनिटी सिल्ड’को उपाधि
म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुलले कम्युनिटी सिल्डको उपाधि जितेको छ ।
शनिबार किङ्स पावर स्टेडियममा सम्पन्न भएको फाइनल खेलमा सिटीलाई ३-१ गोल अन्तरले हराउँदै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई जित दिलाउन ट्रेन्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले १/१ गोल गरे ।
यता, सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल फर्काए । खेलको २१औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए । तर, ७०औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए ।
८३औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई ३-१ को सहज जित दिलाए ।
प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी सिल्डको उपाधिका लागि खेल्ने गर्छन् । सिटीले प्रिमियर लिग २०२१/२०२२ को उपाधि जितेको थियो । यता, लिभरपुलले एफए कप जितेको थियो ।
प्रकाशित समय : ०७:५४ बजे



















