गृहपृष्ठ लुकाइछिपाइ भारत लैजाँदै गरेको अठार लाखको मदिरा बरामद

लुकाइछिपाइ भारत लैजाँदै गरेको अठार लाखको मदिरा बरामद

लुकाइछिपाइ भारत लैजाँदै गरेको अठार लाखको मदिरा बरामद

महोत्तरीको मनरासिस्वा नगरपालिका-५ स्थित नेपाल-भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको १८ लाखको मदिरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो । छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।

बरामद मदिरा प्रहरीले आन्तरिक राजस्व कार्यालयको जिम्मा लगाएको छ । उक्त मदिरा ओसारपसारमा संलग्न व्यक्तिको पत्तो लाग्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु