सिटिजन्स बैंक इन्टरनेशनलले गर्यो उपत्यकामा ३ वटा शाखा विस्तार
वि.सं.२०७९ साउन १२ बिहीवार १५:१९
shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले काठमाडौं उपत्यकामा ३ वटा शाखाको विस्तार गरेको छ ।
बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८औं, १७९औं तथा १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाण्डौंको धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो । यससंगै काठमाण्डौं उपत्यका भित्र बैंकको ३५ वटा शाखाहरु र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरु पुगेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताए ।
























