गृहपृष्ठ त्रिभुवन राजपथमा यातायात पुनः सञ्चालन
त्रिभुवन राजपथमा यातायात पुनः सञ्चालन
त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा-काठमाडौंतर्फको यातायात पुनः सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका-१ भैसे-हेटौँडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो ।
आज बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
हेटौँडाबाट गएका र भैसेतर्फबाट आएका सयौँ सवारी साधन आ-आफ्नो गतव्यतर्फ लागेको प्रहरीले जनाएको छ । उक्त सडकखण्डमा झण्डै सात घण्टा यातायात अवरुद्ध भएको थियो ।
प्रकाशित समय : १०:३० बजे


















