global ime bank Long Banner Ad

गृहपृष्ठ श्रीलंकालाई ३–० गाेलले पराजित गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो

श्रीलंकालाई ३–० गाेलले पराजित गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो

श्रीलंकालाई ३–० गाेलले पराजित गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो

कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यू–२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३–० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि नेपालले लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लियो ।

नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले समान एक–एक गोल गरे ।

जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार ब्यहोरेको श्रीलंका बिना अंक पुछारमा छ ।

आज नै भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २–१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकाल्यो । यद्यपि, नेपालको जितसँगै बंगलादेश तालिकाको दोस्रो स्थानमा झरेको छ ।

प्रकाशित समय : २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु