global ime bank Long Banner Ad

गृहपृष्ठ जंगली च्याउ खाँदा ११ बिरामी

जंगली च्याउ खाँदा ११ बिरामी

जंगली च्याउ खाँदा ११ बिरामी

जंगली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन् । जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा.निरज फोजुका अनुसार जंगली रातो च्याउ खाइ बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ ।

उपचारका लागि आज अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्थे भन्नेबारे एकिन थाहा नभएको डा.फोजुले बताए ।

तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि चीज नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित समय : २१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु