गृहपृष्ठ एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बोर्डको बैठकले आज एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिए ।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याकंनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए । बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन गरेकाे थियो ।

नतिजा यसरी हेर्न सकिन्छ :

प्रकाशित समय : १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु