गृहपृष्ठ साफ यु-२० च्याम्पियनसिप : श्रीलंकासँग खेल्दै नेपाल

साफ यु-२० च्याम्पियनसिप : श्रीलंकासँग खेल्दै नेपाल

साफ यु-२० च्याम्पियनसिप : श्रीलंकासँग खेल्दै नेपाल

साफ यु-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज बुधबार दोस्रो खेलअन्तर्गत श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।

सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो । नेपालले तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेलमा बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले अर्को हप्ताको शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित समय : १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु