गृहपृष्ठ उद्यमी बन्न चाहनेलाई नबिल इन्भेष्टमेन्टको निःशुल्क परामर्श सेवा

उद्यमी बन्न चाहनेलाई नबिल इन्भेष्टमेन्टको निःशुल्क परामर्श सेवा

उद्यमी बन्न चाहनेलाई नबिल इन्भेष्टमेन्टको निःशुल्क परामर्श सेवा

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पिच–नीक सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले उद्यमी बन्न चाहाने तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि संस्थागत परामर्श दाता सेवाअन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रबारका दिन पिच–नीक सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले प्रत्येक उद्यमी तथा उद्यमी बन्न चाहनेबाट उनीहरुको सम्भव हुन सक्नेसम्मको उत्तम व्यावसायिक विचारलाई छानीे उक्त व्ययसायिक सोचलाई वास्तविकतामा बदल्न मद्धत गर्ने जनाएको छ ।

साथै कम्पनीले भविष्यमा सञ्चालनमा ल्याउन लागेको विशिष्टकृत लगानी कोषअन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषमार्फत् पनि उत्तम व्यावसायिक विचार र नवीनतम सोच भएका उद्यमीहरुको नयाँ क्षेत्रको व्यवसाय आरम्भ गर्न होस् वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्थामार्फत् लगानीको वातावरणलाई सहज गरिदिने जनाएको छ ।

बिना कुनै शुल्क आफ्नो व्यावसायिक विचार र नवीनतम सोचहरु प्रस्तुत गरी आफूले सोचे अनुसारको व्यावसाय सञ्चालन गर्न सक्षम गराउनु नै यसको प्रमुख उद्देश्य रहेकाले व्यावसायिक सोच भएका व्यवसायी तथा उद्यमीहरुले यसबाट पूर्ण रुपमा फाइदा लिने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित समय : १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु