एनसीसी बैंकको ‘मोको’ डिजिटल वालेटमार्फत् भुक्तानी सेवा सुरु
वि.सं.२०७९ साउन १० मंगलवार १७:०७
shares

एनसीसी बैंकले ‘मोको’ डिजिटल वालेटमार्फत् आफ्नो भिसा डेविट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ ।
यस सेवाबाट बैंकका ग्राहकले मोबाइल वालेटबाट नै भर्चुअल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानी तथा सेवा उपयोग गर्न सक्ने छन् ।
साथै मोको डिजिटल वालेटमार्फत् स्क्यान टु पे माध्यमबाट १ हजार ५ सयभन्दा बढी मर्चेन्टहरुमा भिसा क्युआर कोड प्रयोग गरी भुक्तानीसमेत गर्न सकिन्छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।
एनसीसी बैंकले १५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १३३ एटीएम बुथबाट सेवा प्रदान गर्दै आएको छ ।

























