global ime bank Long Banner Ad

गृहपृष्ठ पाल्पा बस दुर्घटना : छ जनाको मृत्यु, १६ जना घाइते

पाल्पा बस दुर्घटना : छ जनाको मृत्यु, १६ जना घाइते

पाल्पा बस दुर्घटना : छ जनाको मृत्यु, १६ जना घाइते

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ । बस सडकदेखि करिब ६० मिटर तल खसेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय : २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु