global ime bank Long Banner Ad

गृहपृष्ठ छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ : मन्त्री भुसाल

छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ : मन्त्री भुसाल

छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ : मन्त्री भुसाल

ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको बताएकी छन् ।

अखिल (क्रान्तिकारी)ले आयोजना गरेको मनिषा आचार्यको उपन्यास विमोचन कार्यक्रममा उनले महिलाले कानूनीरूपमा अधिकार प्राप्त भए पनि अझै कार्यान्वयनका लागि लड्न बाँकी रहेको उल्लेख गरिन् ।

महिलाको सम्पत्तिमा अधिकार कानूनीरूपमा प्राप्त भए पनि अझै पूर्णरूपमा कार्यान्वयनमा आउन नसकेको उनले उल्लेख गरिन् । उनले भनिन्, ‘सम्पत्ति माग्दा दाजुभाइ रिसाउँछन् कि भन्ने भयले महिलाले सम्पत्ति माग्न सकिरहेका छैनन् ।’

आफैँले पनि अध्ययन सुरु गरेदेखि राजनीतिमा संलग्न हुँदासम्म पटक पटक विद्रोह गरेको मन्त्री भुसालले बताइन् । छोरीले पढ्नु हुँदैन भन्ने समयमा विद्यालय हुँदै उच्च शिक्षा लिनु आफैँमा विद्रोह भएको उनले उल्लेख गरिन् । छोरी मान्छे भएर राजनीतिमा संलग्न भएर जेलमा पर्दा समाजले स्वीकार नगरेको उनको भनाइ छ । उनले भनिन्, ‘कुनै राम्रो काम गर्दा पनि छोरीले गरी भनेर होइन छोराजस्तो गरेको भन्ने गरेको पाइन्छ ।’

सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले साहित्यमा सधैँ महिला कति आए र कति टिकेभन्दा विषयवस्तुमा गहन छलफल बाँकी रहेको औँल्याइन् । प्राध्यापक सन्तोष परियारले आचार्यले सामाजिक यर्थाथवादी तर विद्रोही आख्यान लेखेको उल्लेख गरे ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले युवाले कुनै पनि विषयवस्तुको थोरै बुझेर हलुका टिप्पणी गर्न छाडेर गहन अध्ययन गर्नुपर्नेमा जोड दिइन् । स्रष्टा आचार्यले शिक्षित वर्गले समेत छोरी मान्छेले गर्न सक्छन् भनी विश्वास नगरेर छोरीको सफलतालाई शंकाका दृष्टिले हेरेको बताइन् ।

प्रकाशित समय : २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु