global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोनाबाट दुई जनाको मृत्यु, थप ३४७ जनामा संक्रमण पुष्टि

कोरोनाबाट दुई जनाको मृत्यु, थप ३४७ जनामा संक्रमण पुष्टि

कोरोनाबाट दुई जनाको मृत्यु, थप ३४७ जनामा संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा ३४७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।

पीसीआर विधिबाट २ हजार ३६० र एन्टीजेन विधिबाट १ हजार ५२८ गरी कुल ३ हजार ८८८ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ११ लाख २५ हजार ११४ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।

पछिल्लो चौबिस घण्टामा ९५ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार १७७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु