global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली यु-२० टोली भारत प्रस्थान

नेपाली यु-२० टोली भारत प्रस्थान

नेपाली यु-२० टोली भारत प्रस्थान

साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिपका लागि नेपाली युवा फुटबल टोली आज भारत प्रस्थान गरेको छ । टोलीलाई  राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत पदाधिकारीले बिदाई गरे ।

साफ च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् । च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि नै २३ सदस्यीय युवा टोलीको घोषणा गरेका छन् ।

प्रतियोगितामा नेपालको कप्तानी राष्ट्रिय टोलीबाट समेत खेलिसकेका मिडफिल्डर आयुष घलानले गर्नेछन् । नेपाली टोलीले प्रतियोगिताको तयारीस्वरुप त्रिभुवन आर्मी क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । अभ्यास खेलमा घाइते भएका दीपेश राईको स्थानमा फरवार्ड रोहित सुब्बालाई टिममा बोलाइएको छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन् ।

प्रकाशित समय : १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु