global ime bank Long Banner Ad

गृहपृष्ठ १८३ स्थानीय तहले अझै पेस गरेनन् बजेट

१८३ स्थानीय तहले अझै पेस गरेनन् बजेट

१८३ स्थानीय तहले अझै पेस गरेनन् बजेट

असार मसान्तसम्म पेस गरिसक्नु पर्ने बजेट साउन ६ गतेसम्म आइपुग्दा पनि अझै १८३ वटा स्थानीय तहले पेस गरेका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेस नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश दिएको छ ।

कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ५७० वटाले बजेट पेस गरी अद्यावधिक जानकारी उपलब्ध गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बजेट पेस नगर्ने स्थानीय तहमा प्रदेश १ मा २७, मधेस प्रदेशमा ६१, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा २१ वटा रहेका छन् ।

हालसम्म प्रदेश १ मा ११०, मधेश प्रदेशमा ७५, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ७६, लुम्बिनी प्रदेशमा ८७, कर्णाली प्रदेशमा ६५ र सुदूरपश्चिम प्रदेशमा ६७ वटा स्थानीय तहले बजेट पेस गरिसकेका छन् ।

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु