गृहपृष्ठ कोदालो प्रहार गरी भतिजाले गरे काकाको हत्या

कोदालो प्रहार गरी भतिजाले गरे काकाको हत्या

कोदालो प्रहार गरी भतिजाले गरे काकाको हत्या

महोत्तरीको पिपरा गाउँपालिका-५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् ।

बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो काकाको टाउकोमा प्रहार गरेर हत्या गरेका थिए । रामनाथले काका रामबहादुरको टाउकोमा कोदालो प्रहार गर्नासाथ रामबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले घटनाबारे अबेर साँझ जानकारी पाएर शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि गए राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ । काका हत्या गर्ने भतिजालाई पनि घरैबाट पक्राउ गर्न सफल भएको डीएसपी विष्टले बताए ।

प्रकाशित समय : ०८:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु