गृहपृष्ठ एन्फा कार्यसमितिकाे बैठक आज बस्दै

एन्फा कार्यसमितिकाे बैठक आज बस्दै

एन्फा कार्यसमितिकाे बैठक आज बस्दै

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बिहीबार बिहान बस्दैछ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक बस्ने जनाएको छ ।

यसअघि बैठक सोमबारका लागि डाकिएको थियो । तर, एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ बिरामी भएपछि बैठक स्थगित गरिएको थियो । एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित पहिलो पटक बैठक बस्न लागेको हो ।

एन्फाले कार्यसमिति बैठकका लागि १२ वटा एजेन्डा तय गरिसकेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीदेखि विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुक्ति लगायतका एजेन्डामा छलफल र निर्णय हुने बताइएको थियो । यस्तै एन्फाका उपाध्यक्ष कुमार केसीले माग गरेको थप एजेन्डामा समेत छलफल हुने तालिका थियो ।

नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रमसहित अघि बढ्नुपर्ने बताउँदै केसीले बैठकमा पाँच वटा एजेन्डा थप्न माग गरेका छन् ।

प्रकाशित समय : ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु