गृहपृष्ठ प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?
प्रतिनिधि सभा बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?
प्रतिनिधि सभाको बैठक आज बिहीबार पनि बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक, २०७६ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले बताएका छन् ।
कार्यसूची :

प्रकाशित समय : ०७:५५ बजे


















