गृहपृष्ठ लेभ्निङ स्कुटरको नयाँ शोरुम जनकपुरमा
लेभ्निङ स्कुटरको नयाँ शोरुम जनकपुरमा

लेभ्निङ स्कुटरको नयाँ शोरुम जनकपुरमा खुलेको छ । शोरुमको उद्घाटन यही साउन ५ गते हुन लागेको हो ।
बज्र ग्रुपअन्तर्गतको इभी मोटर्स नेपालले जनकपुरको लागि इन्द्रेणी अटोमोबाइललाई आधिकारिक बिक्रेता घोषणा गरेको हो । लामो समयदेखि विश्व प्रसिद्ध ब्राण्ड बोसको मोटर टेक्नोलोजीबाट निर्मित, सामसङ ब्रान्डको लिथिएम ब्याट्री प्रयोग गरिएको छ ।
नयाँ शोरुम जनकपुर ४ विश्वकर्मा चोक रोडमा रहेको छ । उद्घाटनमा मिस इन्टरनेसनल २०१७ की विजयी नीति साह र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले संयुक्त रुपमा शोरुम र प्रोडकटको लन्च गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १९:०५ बजे