गृहपृष्ठ सक्रिय संक्रमितकाे संख्या २ हजार नाघ्याे, थप ३९१ जनामा काेराेना पुष्टि
सक्रिय संक्रमितकाे संख्या २ हजार नाघ्याे, थप ३९१ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ३ हजार ९ सय ८१ जनाको कोभिड परीक्षण गर्दा ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ५ सय ६२ को पीसीआर र १ हजार ४ सय १९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ३ सय ४० र एन्टीजेन परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा २ हजार ३ सय ७६ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयको भनाइ छ । संक्रमितमध्ये २ हजार १ सय ४३ जना होम आइसोलेसनमा, १ सय ३३ जना संस्थागत आइसोलेसनमा छन् भने २१ जनाको आइसीयूमा उपचार भइरहेको छ ।
२४ घण्टामा ४६ जना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजार १ सय ७२ पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।
आज कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । हालसम्म ११ हजार ९ सय ५४ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ५ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित समय : १८:०५ बजे