एन्फाको कार्यसमिति बैठक स्थगित
वि.सं.२०७९ साउन २ सोमवार १३:५३
shares

आजका लागि डाकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक स्थगित भएको छ । एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ विरामी भएपछि बैठक स्थगित गरिएको हो ।
अब एन्फाले बोर्ड बैठकका लागि अर्को सूचना जारी गर्ने महासचिव किरण राईले जानकारी गराए । महासचिव राईका अनुसार ब्लड प्रेसर बढेको र मुटुको समस्या देखिएपछि अध्यक्ष नेम्वाङलाई
मेडीसिटी अस्पताल भर्ना गरिएको छ ।
एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित आज पहिलो पटक बैठक बस्न लागेको थियो ।

























