काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्रीलंकामा संकटकाल घोषणा

10.25K
shares

श्रीलंकामा संकटकालको घोषणा गरिएको छ । श्रीलंकाका कार्यबाहक राष्ट्रपतिले सोमबार संकटकालाको घोषणा गरेका हुन् । उनले सोमबारबाट लागू हुने गरी श्रीलंकामा संकटकालको घोषणा गरेकाे समाचारमा जनाइएको छ ।

श्रीलंकाका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा यहाँका नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि संकटकालको घोषणा गर्न आवश्यक रहेको बताएका थिए ।

सोहीबमोजिम राष्ट्रपति विक्रमासिंघेले सोमबार एक विशेष सूचनामार्फत् देशव्यापी रुपमा सोमबारदेखि नै लागू हुनेगरी संकटकालको घोषणा गरेको बताइएको हो ।

उता श्रीलंकाली संसदले यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ । जुलाई २० मा संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको र त्यसका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जानकारी सभामुखले यसअघि नै दिएका छन् ।

त्यहाँका राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर पुगेका छन् । त्यसपछि कार्यबाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका हुन् ।

श्रीलंका पछिल्लो समयमा आर्थिक संकटमा फसेको छ । देश आर्थिक संकटमा फसेसँगै श्रीलंकाकाे राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।