गृहपृष्ठ सनराइज बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता
सनराइज बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता सम्पन्न भई सेवा सुरु भएको छ ।
यस सहकार्यपश्चात सनराइज बैंकका ग्राहकहरुले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यसका साथै १५०० भन्दा बढी मर्चेन्टमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।
हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्डमार्फत भुक्तानी गर्दा पीओएसमा वा ई-कमर्समार्फत मात्र कारोबार गर्न सक्ने अवस्था थियाे । अब भने क्रेडिट कार्डलाई मोको एपमा लिंक गरेपश्चात क्यूआर कोड स्क्यान गरेर समेत भुक्तानी कारोबार गर्न सक्ने भएकाले यो सेवाले डिजिटल भुक्तानीको वृद्धिमा थप सहयोग पुर्याउने बैंकको विश्वास रहेको छ ।
प्रकाशित समय : १२:४७ बजे