global ime bank Long Banner Ad

गृहपृष्ठ गभर्नरविरुद्धको प्रदर्शनमा प्रहरीको धरपकड

गभर्नरविरुद्धको प्रदर्शनमा प्रहरीको धरपकड

गभर्नरविरुद्धको प्रदर्शनमा प्रहरीको धरपकड

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीका विद्यार्थी नेतामाथि प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको छ ।

प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान विपरीत भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी संगनहरूले विरोध चर्काएका हुन् ।

सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु