काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गभर्नरविरुद्धको प्रदर्शनमा प्रहरीको धरपकड

12.05K
shares

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीका विद्यार्थी नेतामाथि प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको छ ।

प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान विपरीत भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी संगनहरूले विरोध चर्काएका हुन् ।

सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।