global ime bank Long Banner Ad

गृहपृष्ठ ताजा खबर

एकल संक्रमणीय कि बहुमतीय ?, सिट बढाउने आ-आफ्नै दाउ
एकल संक्रमणीय कि बहुमतीय ?, सिट बढाउने आ-आफ्नै दाउ

राष्ट्रिय सभा सदस्य चयनका लागि कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विवाद टुंगोमा नपुग्दा संघीय संसद्को माथिल्लो सदनको निर्वाचन मात्र होइन, प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा र नयाँ सरकार गठनका काम नै अवरुद्ध छन् । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय वा बहुमतीय...

पाँच महिनामा थपियो ४० मेगावाट बिजुली
पाँच महिनामा थपियो ४० मेगावाट बिजुली

नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् आयोजना समस्यामा फसिरहेका बेला निजी क्षेत्रका परियोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भइरहेका छन् । प्राधिकरणका अनुसार गत साउनदेखि हालसम्म करिब ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गत साउनयता हालसम्म साना तथा मझौला...

अख्तियारले मेलम्ची खानेपानी आयोजनालाई सोध्यो : धुलो कहिले हट्छ ?
अख्तियारले मेलम्ची खानेपानी आयोजनालाई सोध्यो : धुलो कहिले हट्छ ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ । खनिएका सडक पुनःनिर्माण नहुँदा काठमाडौँवासी धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै किन त्यस्तो भएको हो सो बारेमा...

मेगा बैँक र टुरिजम डेभलपमेन्ट बैँक गाभिने
मेगा बैँक र टुरिजम डेभलपमेन्ट बैँक गाभिने

मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ । मेगा बैँकको आज यहाँ आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो । सभामा मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।  निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक-एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई जानकारी दिनुभयो । पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर...

ईश्वर पोखरेलसँग कुराकानी : ‘पोजिसन बनाएर एकताको कुरा गर्नु हुँदैन’
ईश्वर पोखरेलसँग कुराकानी : ‘पोजिसन बनाएर  एकताको कुरा गर्नु हुँदैन’

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा झन्डै दुई तिहाइ नजिक सिट ल्याएको छ । वामपन्थी दलहरुले यति धेरै संसदीय शक्ति आर्जन गर्नुमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र दुई दलबीचको एकताको नाराले काम गरेको थियो । चुनावी नारालाई...

गुजरात र हिमाञ्चलमा बीजेपीकै अग्रता
गुजरात र हिमाञ्चलमा बीजेपीकै अग्रता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी)ले १०० भन्दा धेरै स्थानमा अग्रता प्राप्त गरेको छ भने भारतीय राष्ट्रिय कांग्रेसले ७० स्थानमा अग्रता लिएको छ। यस्तै पहाडी राज्य हिमाञ्चल प्रदेशमा पनि बीजेपीले नै अग्रता पाएको छ।...

‘खुसी गाउँ’ बनाउँदै आमाहरू
‘खुसी गाउँ’ बनाउँदै आमाहरू

बेलचौरमा ५६ घरधुरी छन् । तीमध्ये ५३ घरधुरीका महिला बेलचौर स्वावलम्बन आमा समूहमा आबद्ध छन् । समूहकै पहलमा बेलचौर गाउँ खुसी बन्न लागेको हो । हरेक सदस्य व्यवसायमा लागेको, सबै बालबालिका स्कुल भर्ना भएको, महिला हिंसा, जातीय विभेद शून्य, बालविवाह...

बालविवाह घटाउन मोबाइल र फेसबुक बाधक
बालविवाह घटाउन मोबाइल र फेसबुक बाधक

बालविवाह हुनेमा मुलुककै पाँचौं जिल्ला बैतडीमा आधुनिक सञ्चारका साधन र सामाजिक सञ्जालको दुरुपयोगले नियन्त्रणमा चुनौती थपिएको सरोकारवालाले बताएका छन् । किशोरकिशोरीमा मोबाइल, फेसबुकलगायत पहुँच र प्रयोग बढेसँगै भागेर बिहे गर्ने चलन बढेको बालविवाह न्यूनीकरण अभियानमा संलग्नहरू बताउँछन् । विद्यालय उमेरमा...

निगमको ६ अर्बको सेयर आउँदै
निगमको ६ अर्बको सेयर आउँदै

नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो । हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ । चुक्ता पुँजी वृद्धि...