global ime bank Long Banner Ad

गृहपृष्ठ संयोजक दाहालको स्वास्थ्य अवस्था स्थिरः अस्पताल

संयोजक दाहालको स्वास्थ्य अवस्था स्थिरः अस्पताल

संयोजक दाहालको स्वास्थ्य अवस्था स्थिरः अस्पताल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था स्थिर रहेको छ । मेडिसिटी अस्पतालले आज बेलुका अध्यक्ष दाहालको स्पास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको ‘स्वास्थ्य बुलेटिन’ अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारप्रति सकारात्मक प्रतिक्रिया देखाइरहेको जनाएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याका लक्षण देखिएपछि अध्यक्ष दाहाल शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको थियो । अस्पतालले भनेको छ, “अस्पतालको चिकित्सक टोलीद्वारा गरिएको परीक्षणका क्रममा उनमा निमोनियाको सङ्क्रमण देखिएको छ । यस सम्बन्धमा आवश्यक स्वास्थ्य परीक्षणहरू सम्पन्न गरिएका छन् । उपचार प्रक्रिया सुरु गरिएको छ, पूर्णस्वास्थ्य लाभ सुनिश्चित गर्न तथा निरन्तर निगरानी र उपचारका लागि सावधानी स्वरूप उनीलाई दुई(तीन दिन अस्पतालमै राखी उपचार गर्नुपर्नेछ ।”

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु