उपनिर्वाचनः उम्मेदवारमाथि आज उजुरी गर्न सकिने
वि.सं.२०७९ चैत २१ मंगलवार ०८:२६
shares

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार विरुद्धको उजुरी निर्वाचन आयोगले आज लिने भएको छ ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमवार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आयोगले तोकिदिएअनुसार आज उजुरी लिन लागिएको हो ।
सोमवार चितवन-२, तनहुँ-१ र बारा-२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारप्रति चित्त नबुझेमा उजुरी दिन सकिने र उनीहरूमाथि परेका उजुरी माथी चैत २२ गते छानबिन गरी सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

























