गृहपृष्ठ उपनिर्वाचका लागि मतदान जारीः हालसम्म सबैभन्दा धेरै मत चितवन–२ मा खस्यो

उपनिर्वाचका लागि मतदान जारीः हालसम्म सबैभन्दा धेरै मत चितवन–२ मा खस्यो

उपनिर्वाचका लागि मतदान जारीः हालसम्म सबैभन्दा धेरै मत चितवन–२ मा खस्यो

उपनिर्वाचका लागि आज तीनै क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। तीन निर्वाचन क्षेत्रमध्ये आज बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको सहायक मतदान अधिकृत ईश्वरी आचार्यले जानकारी दिएका छन् । चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ ।

सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । जहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । यसैगरी तनहुँ १ मा बिहान १० बजेसम्म १३.६ प्रतिशत मत र बारा २ मा १५ प्रतिशत मत खसेको छ ।

प्रकाशित समय : १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु