गृहपृष्ठ Tag: कर्णाली प्रदेश
दुई सातायता अवरुद्ध कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच चारबुँदे सहमति भएको छ । गत माघमा भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेशसभामा प्रतिपक्षीद्वारा जारी अवरोध हटेको छ । कर्णाली...
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभाको दशौँ...
कर्णाली प्रदेश सरकारले जलविद्युत् आयोजनामा सेयर लगानी गर्ने नीति सार्वजनिक गरेको छ । मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममार्फत विद्युत् उत्पादनलाई प्रोत्साहन गर्न प्रदेश सरकारले सेयर बजारमा सेयर लगानी गर्न लागेको हो । ‘कर्णाली प्रदेशमा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजनालगायतका ठुलठुला...
कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्य प्रतियोगितामा जुम्ला प्रथम भएको छ । कर्णाली सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आयोजनामा शुक्रबार सम्पन्न कर्णाली प्रदेशस्तरीय विद्यालय तहको विद्यार्थी प्रतिभा पहिचानअन्तर्गत ‘एकल लोकगीत’मा जुम्लाका सिर्जना भक्री र ‘एकल लोकनृत्य’ प्रतियोगितामा जुम्लाकै सविना...
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेकाे र्नुभएको उक्त विधेयक अब ऐनमा परिणत भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली...
स्थानीय तहको निर्वाचनको मतपरिणमाले कर्णाली प्रदेशमा दलहरुको कुनै ठाउँमा प्रभाव खस्किएको छ भने कतै बढेको पाइएको छ । प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलोमा, नेकपा (माओवादी केन्द्र) दोस्रोमा र नेकपा (एमाले) तेस्रो स्थानमा पुगेका छन् भने केही स्वतन्त्र उम्मेदवार पनि विजय हात...
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको सहमतिमै तलब सुविधा बढाइएको स्पष्ट पारेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले प्रदेश पदाधिकारीहरूको तलब सुविधा बढाउनु बाध्यता भएको बताए । मुख्यमन्त्री शाहीले प्रदेशसभा सदस्यहरूको मर्यादाक्रमअनुसार...













