गृहपृष्ठ Tag: अर्थतन्त्र
अर्थतन्त्र
संसदमा बहस : अर्थतन्त्र सुधारका लागि सत्ता र प्रतिपक्षको भाव बाेक्नु हुँदैन

भ्रष्टाचार मुलुकको आर्थिक समृद्धिमा बाधक रहेको भन्दै सांसद गुरुङले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सरकारसँग आग्रह गरे ।

अर्थतन्त्र संकटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गरेका छन् । यही चैत १७ मा अर्थमन्त्रीको सपथ लिएसँगै उनी अर्थतन्त्र सुधारका लागि नेपाल राष्ट्र बैंकका गभर्नरदेखि निजी...

भाखा नाघेको ३० दिनभित्र ऋणीले साँवाब्याज भुक्तानी गरे बैंक तथा वित्तीय संस्थाले पेनाल (हर्जाना) ब्याज लिन नपाउने भएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरिएको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले शुक्रबार निर्देशन दिएको हो । यो व्यवस्था ०८० जेठ मसान्तसम्ममा भुक्तानीको...

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उनले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण...

रेमिट्यान्समा भएको वृद्धि र घट्दो दरमा देखिएको आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको दबाव सामान्य अवस्थामा पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८०को अर्धवार्षिक अवधि (साउन–पुस) सकिंदासम्म अर्थतन्त्रको बाह्य क्षेत्र दबावमुक्त बन्दै गएको प्रष्ट देखिएको छ । उच्च आयातले बढ्दो शोधनान्तर...

जापानको अर्थतन्त्र एक वर्षमा पहिलोपटक अप्रत्याशित रूपमा संकुचित भएको छ । जीवनयापनको बढ्दो लागतले उपभोक्ता र व्यवसायहरूलाई असर गरेको छ । सेप्टेम्बरको अन्त्यसम्मको तीन महिनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक १.२ प्रतिशतले घटेको छ । यद्यपि, अर्थशास्त्रीहरूले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले...

मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औंं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रमका वक्ताले अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको भन्दै यसलाई...

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा...

हिन्दू धर्माम्बलम्बी नेपालीको महान चाड दसैँलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गरेको छ । कोराना महामारीले अघिल्ला दुई वर्ष सुनसान बनेका यहाँका बजार क्षेत्रमा यस वर्ष भने पुनः वस्तु वा सेवा खरिद बिक्री गर्नेको भिडभाड दोहोरिएको छ । दसैँले...

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा उनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाका मुठीमा रहनुले मुलुकको आर्थिक विकासमा...