global ime bank Long Banner Ad

गृहपृष्ठ १५ केजी ‘सुन’को पोका फ्याँकेर भाग्न प्रयोग भएको गाडी काठमाडौं उपत्यकामै भेटियो

१५ केजी ‘सुन’को पोका फ्याँकेर भाग्न प्रयोग भएको गाडी काठमाडौं उपत्यकामै भेटियो

१५ केजी ‘सुन’को पोका फ्याँकेर भाग्न प्रयोग भएको गाडी काठमाडौं उपत्यकामै भेटियो

मंगलबार काठमाडौँको कमलादीमा ‘सुन’ फ्याँकेर भाग्न प्रयाेग भएकाे गाडी काठमाडौं उपत्यकाभित्रै भेटिएको छ । काठमाडौँ प्रहरी परिसरको टोलीले बिहीबार उक्त बा. ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला पारेकाे हो । प्रहरीका अनुसार निर्माणाधीन घरभित्र छोपेर राखिएको अवस्थामा उक्त गाडी फेला परेको हो ।

चेकजाँचको क्रममा नरोकिएपछि पछ्याउँदा सो स्कार्पियो गाडीमा सवार व्यक्तिहरू कपडाको सेतो झोला फ्याँकेर भागेको प्रहरीको भनाइ छ । झोलाभित्रबाट प्रहरीले १ केजी लेखिएको ८, २५० ग्राम लेखिएको २६ र ५०० ग्राम लेखिएको एक थान पहेंलाे धातु तथा दुई थान पेस्तोल र म्यागजिन पनि बरामद गरेको छ । परीक्षणको क्रममा उक्त धातुमध्ये सुनकाे जलप लगाइएकाे साढे १४ केजी चाँदी र आधा केजी मात्र सुन प्रमाणित भएको थियाे ।

घटनामा संलग्न रहेको आशंकामा तीनजना पक्राउ परेका छन् । पूर्वी नवलपरासीको दुम्कीबासबाट देवान पटेल, विजय पटेल र निलेश सखिया पक्राउ परेको प्रहरीले जनाएकाे छ ।

घटनाबारे छानविन गर्न महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा नेतृत्वमा टोली बनेको छ । सो घटनाको घटनास्थलसमेत नक्कली बनाइएको खुलेको छ ।

प्रकाशित समय : २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु