गृहपृष्ठ कैलालीको क्वारेन्टिनमा सर्पले टोकेर युवकको मृत्यु
कैलालीको क्वारेन्टिनमा सर्पले टोकेर युवकको मृत्यु
कैलालीको क्वारेन्टिनमा सर्पले टोकेका युवकको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ४ को सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा गत असारमा सर्पले टोकेका २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो ।
भेरी अस्पताल नेपालगञ्जमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका युवकको मृत्यु भएको पारिवारले बताएका छन् । युवकलाई गत असार १२ गते राती सर्पले टोकेको थियो । उनको सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो।
सेतीमा भेन्टिलेटर खाली नभएकाले नेपालगञ्ज पठाएकोमा त्यहाँ पनि उनले दोस्रो दिन मात्र भेन्टिलेटर सेवा पाएका थिए ।
प्रकाशित समय : २०:५३ बजे



















