global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोनाबाट बाँदर पनि प्रभावित (१३ तस्बिरसहित)

कोरोनाबाट बाँदर पनि प्रभावित (१३ तस्बिरसहित)

कोरोनाबाट बाँदर पनि प्रभावित (१३ तस्बिरसहित)

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण चार महिना लामो लकडाउन खुला भएपछि हामी पनि फुर्सदको समय निकाल्दै बुधबार पाशुपत क्षेत्र पुग्यौं । पशुपति क्षेत्रमा अझै प्रवेश खुला गरिएको रहेनछ । बाहिरका सबै ढोका बन्द थिए । त्यसपछि नजिकै रहेको सिफल चउरतिर लाग्यौं । त्यो पनि बन्द रहेछ । अग्लो घेरबार नाघेर स्थानीयहरु ब्याटमिन्टन, क्रिकेट, भलिबल खेल्ने रहेछन् ।

हामी पनि त्यसरी नै जंगलमा प्रवेश ग-र्यौं । जंगलभित्र व्यायाम गर्ने, खेल खेल्नेदेखि केटाकेटीहरु रमाउने मैदान रहेछ । लामो समयदेखि लकडाउन खेपेका बाँदरले पनि केही खानेकुरा आश गरिरहेका थिए । ‘मान्छे देख्नै हुन्न खानेकुराका लागि नजिक आइहाल्छन्,’ बिस्कुट दिँदै गरेका बझाङका भूवनेश्वर जोशीले भने, ‘लकडाउन भएपछि मान्छे पनि आउन पाएनन्, मान्छे नआउँदा जंगली जनावरलाई पनि खानलाई केही भएन । त्यसैले मान्छे देख्नेबित्तिकै आहारा माग्न आइहाल्छन् ।’

कोरोनाको प्रत्यक्ष प्रभाव प्राणीहरुमा पनि परेको छ । काठमाडौंका जंगलमा बाँदरलगायतका जंगली प्राणीलाई आहारा खोज्न जाने ठाउँ नै छैन । जब मान्छेहरुको लर्को लाग्छ तब बाँदरहरुलाई खानेकुराको केही कमी हुन्न । खाजाको केही भाग छुट्याएर बाँदरलाई दिने धेरै हुन्छन् । त्यति मात्रै होइन, कतिपय संघसंस्था नै बाँदर तथा सडकपेटीका कुकुरलाई खाना खुवाउँछन् ।

पशुपति क्षेत्रमा पनि सिफल चउरको जस्तै दृश्य देखियो । बाँदरहरु मान्छेको बाटो कुर्दै बसेका देखिन्छन् । जसले दिन खोज्यो नजिक आउँछन् भने आफ्नै काममा हिँडेका मान्छेहरुलाई पनि हेरिरहेका देखिन्छन् । पूजाआजा र घुमघामका लागि आउने मानिसले केही खानेकुरा दिएपछि उनीहरु शान्त रहन्छन् । नजिकैका कतिपय पसलेले गेडागुडी भिजाएर बाँदर र चराचुरुंगीलाई दिएको बताएका छन् ।

प्रकाशित समय : २२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु