गृहपृष्ठ कैलालीमा बेपत्ता भएका थप एक जनाको शव फेला
कैलालीमा बेपत्ता भएका थप एक जनाको शव फेला
कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । भजनी नगरपालिका ८ का चक्र बहादुर बिकको समेत शव फेला पारेको हो ।
बुधबार ईश्वर शाहसँगै बेपत्ता भएका बिकको शव आज दिउँसो साढे दुई बजे फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपन शमशेर जबराले बताए ।
बेपत्ता भएका स्केल चौधरीको हिजो र ईश्वर शाहको आज बिहान शव फेला परेको थियो । आज बिकको शव फेला परेसँगै बाढीका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
प्रकाशित समय : २२:११ बजे



















