global ime bank Long Banner Ad

गृहपृष्ठ थप २२४ जनामा कोरोना संक्रमण, ४ जनाको निधन

थप २२४ जनामा कोरोना संक्रमण, ४ जनाको निधन

थप २२४ जनामा कोरोना संक्रमण, ४ जनाको निधन

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार सात सय नाघेको छ । गएको २४ घण्टामा मात्रै २२४ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १७ हजार ७६१ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार १५१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म उपचारपछि घर फर्किएकाहरुको संख्या १४ हजार ३९९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रवार मात्रै चार जनाले ज्यान गुमँएको छन् । अहिलेसम्म ५६ जनाको ज्यान गएको छ । अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा शुक्रबार पीसीआर परीक्षण गरिएको छ ।

शुक्रबारमात्रै १० हजार ७६८ जनाको पीसीआर परीक्षण ुगरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म तीन लाख ७५ हजार ४१६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित समय : २२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु