गृहपृष्ठ दिनहुँ बढ्दै काठमाडौं उपत्यकामा कोरोना संक्रमण
दिनहुँ बढ्दै काठमाडौं उपत्यकामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप दुई हजार २८३ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी काठमाडौँमा एक हजार ८८८ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जनामा संक्रमण देखिएको हो ।
सोमबार काठमाडौंमा १ हजार ८ सय ८८ जना, भक्तपुरमा १ सय १८ जना र ललितपुरमा २ सय ७७ जनासहित उपत्यकामा २ हजार २ सय ८३ जनामा कोरोना पोजेटिभ देखिएको थियो । आइतबार १ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि थियो । यसमध्ये काठमाडौंमा १ हजार १ सय ४५, भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ जना संक्रमित थपिएका थिए ।
शनिबार उपत्यकामा २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका थियो । यो संख्या उपत्यकामा एकैदिन थपिएका संक्रमितमध्ये अहिलेसम्मकै उच्च हो । शनिबार थपिएका संक्रमितमध्ये काठमाडौं २ हजार १ सय, भक्तपुरका २ सय ३ र लतिलपुर ३ सय ६९ जना थिए । त्यस दिन देशैभर पनि हालसम्मकै सर्वाधिक ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म काठमाडौँमा कुल संक्रमित हुनेको संख्या ३७ हजार ५५२ जना, ललितपुरमा ५ हजार ५३ जना र भक्तपुरमा ३ हजार ७६६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । केही हप्तायता काठमाडौं उपत्यकामा संक्रमणदर दिनहुँ बढ्दो छ ।
आज मात्रै देशभर ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या एक लाख १५ हजार ३५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएसँगै काेराेनाबाट हालसम्म ६६३ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित समय : ००:४७ बजे


















