global ime bank Long Banner Ad

गृहपृष्ठ सामाजिक सञ्जाल इमोमार्फत ठगी गरेको अभियोगमा पक्राउ

सामाजिक सञ्जाल इमोमार्फत ठगी गरेको अभियोगमा पक्राउ

सामाजिक सञ्जाल इमोमार्फत ठगी गरेको अभियोगमा पक्राउ

सामाजिक सञ्जाल इमोमार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा परेको भनी नगद ठगी गरेको अभियोगमा सिरहाको सिरहा नगरपालिका- १२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनले शनिबार राति इटहरी उपमहानगरपालिका- २ बस्ने २५ वर्षीय पुरुषलाई ईमोबाट फोन गरी ‘तपाईं २०२० को ईमो लट्री विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार हुनुभयो’ भन्दै नेपाल सरकारलाई ट्याक्स बुझाउन भनी आइएमईबाट अरबिन्द्र कुमार कामतीको नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केहीसमयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ दिनुपर्ने भयो सोही नाममा पठाउन लगाएको अनुसन्धानबाट खुल्न आएको छ । निज कामतीलाई आइतबार आइएमईबाट रकम लिई हिँडेको अवस्थामा सिरहामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित समय : ००:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु