global ime bank Long Banner Ad

गृहपृष्ठ ओली-प्रचण्ड भेटवार्ता : नेकपा कर्णालीका पदाधिकारी र मुख्यमन्त्रीलाई काठमाडौं बोलाइयो

ओली-प्रचण्ड भेटवार्ता : नेकपा कर्णालीका पदाधिकारी र मुख्यमन्त्रीलाई काठमाडौं बोलाइयो

ओली-प्रचण्ड भेटवार्ता : नेकपा कर्णालीका पदाधिकारी र मुख्यमन्त्रीलाई काठमाडौं बोलाइयो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्तामा पार्टीका कर्णाली प्रदेशका सबै पदाधिकारी र मुख्यमन्त्रीलाई काठमाडौं बोलाउने निर्णय भएको छ ।

कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न प्रदेश कमिटीका सबै पदाधिकारीलाई काठमाडौँ बोलाएको छ । एक सचिवालय सदस्यका अनुसार उनीहरुलाई बिहीबारभित्र काठमाडौं आउन पत्र पठाइएको  छ । काठमाडाैं डाकिएकामा मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि छन् ।

ओली प्रचण्ड भेटवार्तामा आज महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।शर्मा नेकपा कर्णाली प्रदेशका इन्चार्ज हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल सहइन्चार्ज हुन् । नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा लगायतलाई पनि काठमाडौं बोलाइएको छ ।

आइतबार मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा नेकपाभित्रकाे विवाद उत्कर्षमा पुगेको छ । आज पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्ड समूहले सहकार्यको सहमति गरेका छन् । सहमतिअनुसार नेपाल पक्षका तीन जनालाई मन्त्री र एक जना सांसदलाई सचेतक बनाइनेछ । यो सहमितसँगै अविश्वासको प्रस्ताव ‘फेल’ भएको छ ।

प्रकाशित समय : ०१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु