global ime bank Long Banner Ad

गृहपृष्ठ थाल ठट्टाउँदै पीडित पत्रकारद्वारा प्रधानमन्त्री निवास घेराउ

थाल ठट्टाउँदै पीडित पत्रकारद्वारा प्रधानमन्त्री निवास घेराउ

थाल ठट्टाउँदै पीडित पत्रकारद्वारा प्रधानमन्त्री निवास घेराउ

सञ्चार गृहहरुबाट पीडित पत्रकार तथा कर्मचारीहरुले आज थाल ठट्टाउँदै प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । कोरोना महामारीको बेला न्यूनतम मानवीयतालाई बिर्सेर मिडिया मालिकहरुले पत्रकार र कर्मचारीको पेटमा लात हानेर सडकमै पुर्‍याइदिएपछि त्यसको प्रतिरोध सडकबाटै गर्ने भन्दै थाल ठटाएर नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

लामो समयदेखि ठूला मिडियाहाउसले कर्मचारीहरुलाई जबरजस्ती कामबाट निकालेको, न्यनतम पारिश्रमक समितिले निर्धारण गरेको तलब नदिएको, काम बाट निकालएका पत्रकार तथा कर्मचारीहरुलाई तत्काल पुर्बहालीको माग राखेर आन्दोलनमा उत्रिएका पत्रकारहरु र श्रमजीवीहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमा ‘सरकार कता छ ?’ भन्दै घेराउ गरेका छन् । बालुवाटार घेराउ कार्यक्रममा पत्रकार महासंघ अन्तर्गतकाे श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजक तथा केन्द्रीय सदस्य जन्मदेव जैसीकाे नेतृत्व र समन्वय र सञ्चारगृहका पीडित पत्रकार /कर्मचारी संयुक्त संघर्ष समितिका संयाेजक धर्मेन्द्र कर्णकाे मुख्य संयाेजनमा गत असाेज १५ गतेबाट रिले अनसन, मिडिया हाउस घेराउ गर्दै आज बालुवाटारमा थाली ठटाएर, नाराबाजी गर्दै घेराउ गरेका हुन् ।

प्रदर्शनका नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघको श्रमजीवि हित प्रवर्द्धन समितिका सहसंयोजक तथा केन्द्रीय सदस्य जैसी, अर्का केन्द्रीय सदस्य गोविन्द चौलागाईँ, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, नेपाल प्रेस युनियनका नेता जगनाथ दुफाल, प्रेस संगठनका नेता सागर पन्त, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य नरेश शाही, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य करन बडाल, क्रान्तिकारी पत्रकार महासंघका प्रतिनिधिहरु, आठवटै ट्रेड युनियन संयुक्त संघर्ष समितिका तर्फबाट क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष लोकेन्द्र थापा, प्रगतिशील ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत, महासचिव राजन तामाङ, कान्तिपुर मिडिया ग्रुप संयुक्त संघर्ष समितिका संयोजक श्रीराम वाग्ले, कान्तिपुर, कारोबार, अन्नपूर्ण, नागरिक, एभिन्युज, माउन्टेन टिभी, नेपाल आज अनलाइनका पीडित श्रमजीवीहरुलगायत सम्पूर्ण पत्रकार तथा श्रमजीवीहरुको सहभागिता गरेहेका थियो ।

दसैंलगत्तै दोश्रो चरणको सशक्त आन्दोलन गर्ने महासंघले तयारी गरेको छ ।

प्रकाशित समय : ०२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु