nmb bank

गृहपृष्ठ उपसभामुखमा एमालेबाट विद्या भट्टराईको उम्मेदवारी

उपसभामुखमा एमालेबाट विद्या भट्टराईको उम्मेदवारी

उपसभामुखमा एमालेबाट विद्या भट्टराईको उम्मेदवारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट उपसभामुख पदमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् । उनकाे प्रस्तावकमा शान्ता चौधरी र समर्थकमा कृष्ण भक्त पोख्रेल रहेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपसभामुख मनोनयन दर्ता गराएकी छन् । भुसालले नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्ताव र नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्नमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

साढे २ वर्षदेखि रिक्त रहेको उपसभामुखका लागि आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यसूची थियाे । संसद सचिवालयका अनुसार साढे एक बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । उपसभामुखका लागि भोलि दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुनेछ ।

नेपालको संविधानको धारा ९० को उपधारा (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनु पर्नेछ । यसैगरी यी दुई पदमा फरक-फरक दलको प्रतिनिधि हुनुपर्ने पनि संविधानमा उल्लेख छ ।

प्रकाशित समय : १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु