गृहपृष्ठ सनराइज बैंकद्वारा शैक्षिक सामग्री सहयोग
सनराइज बैंकद्वारा शैक्षिक सामग्री सहयोग

सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको लम्कीमा रहेकाे जनजागृति माध्यमिक विद्यालयमा अध्यनरत २०७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
बैंकले बुधबार एक कार्यक्रमका बिच लम्की चुहा नगरपालिका ५ चौरीमा रहेको साे विद्यालयमा अध्यनरत विपन्न, गरीब तथा जेहेन्दार २ सय ७ विद्यार्थी बालबालिकालाई शैक्षिक झोला सहयोग गरेको बैंकको लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालको अध्यक्षता तथा लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीको उपस्थितिमा सहयोग सामग्री वितरण गरेको थियो ।
लम्कीमा बैंकको शाखा स्थापना भएसँगै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समुदायमा विभिन्न कार्यक्रम गर्दै आएको छ । पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई निकै प्राथमिकता दिँदै सनराइज बैंकले देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, बैंकिङ साक्षरता, वातावरण संरक्षण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम भइरहेको बैंकले जनाएको छ ।
प्रकाशित समय : १८:४७ बजे