global ime bank Long Banner Ad

गृहपृष्ठ नागरिकता विधेयकबारे गृहमन्त्रीद्वारा प्रचण्डसँग छलफल

नागरिकता विधेयकबारे गृहमन्त्रीद्वारा प्रचण्डसँग छलफल

नागरिकता विधेयकबारे गृहमन्त्रीद्वारा प्रचण्डसँग छलफल

संसद्‌मा पेस भएको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।

ललितपुरको खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा आज बिहान भेटवार्ता भएको र छलफल सकारात्मक रुपमा टुंगिएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ । यसअघि सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

 राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस गरेकोमा सरकारले उक्त विधेयक असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ । 

पेस भएको विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरिरेहेका छन् । आइतबार साँझ मात्रै गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु