गृहपृष्ठ लेखक संगीत स्रोतामाथि लाग्यो यौन दुर्व्यवहारको आरोप
लेखक संगीत स्रोतामाथि लाग्यो यौन दुर्व्यवहारको आरोप
लेखक संगीत श्राेतामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पुस्तक सम्पादनका क्रममा लेखक संगीतले आफूमाथि यौन दुर्व्यवहार गरेको लेखक तथा स्तम्भकार सरिता तिवारीले शनिबार साँझ फेसबुक लाइभमार्फत बताएकी हुन् ।
पीडित लेखकका अनुसार उनी पुस्तक सम्पादनका क्रममा संगीतकै कोठामा पुगेकी थिइन् । पुस्तकको काम गरेपछि आफूहरु अलग अलग कोठामा सुतेको र विहानपख आफू सुतिरहेको भान्साकोठाको खाटमा आएर संगीत पल्टिएको भन्दै उनले भनेकी छन्, ‘मैले सोच्नै सकिनँ । म कोठाबाट बाहिर गएँ ।’केहीबेरपछि कोठामा फर्किँदा संगीतले चिया बनाएर दिदी चिया खाउँ भनेको उनले सुनाइन् ।
आफ्नो प्रतिवादको सन्देश बुझ्यो होला भन्ने लागेर आफू त्यो दिन संगीतसँग राजेन्द्र महर्जन र आहुतिलाई भेट्न गएको स्वीकार गरेकी छिन् । साँझ फेरि कोठामा आएपछि पुस्तकको काम गरेको उनले सुनाइन् । काम सकेर एक छिन कुराकानी गर्ने क्रममा संगीतले आफ्नो हातको चुरा समाएर चुरा किन लगाउनु हुन्छ भनेर सोधेको उनले सुनाइन् ।
‘मैले त्यसको उत्तर दिन खोज्दा खोज्दै उसले हात मुसार्न थाल्यो । मैले आफ्नो हात आफूतिर ताने र, भाइ तपाईं सुत्न जानुस् भनेँ,’ उनले भनिन्, यो मान्छेले मसँग एड्भान्टेज लिन खोज्यो भने महसुस भयो । म कमजोर भयो भने उसले मलाई भ्याउँछ भन्ने लाग्यो ।’
त्यसपछि आफूले उनलाई धकेल्दै ढोकामा पुर्याउँदा नपुर्याउँदै संगीतले च्याप्प समातेर गालामा किस गरेको उनले सुनाइन् । उनले भनिन्, ‘यो अप्रत्यासित थियो । तिमी र म त दिदी भाइ हो नि भाइ मात्र भन्न सकेँ ।’
प्रकाशित समय : १४:२० बजे



















